कास्कीको पोखराबाट एक विदेशी पर्यटक सम्पर्कविहीन
मेरोन्यूज
२०८० पुष १५ गते ७:२३

काठमाडौं । कास्कीको पोखरा–मर्दी ट्रेकबाट एक जना विदेशी पदयात्री सम्पर्कविहीन भएका छन् ।
शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक २४ घन्टादेखि सम्पर्कविहीन भएका छन् ।
माछापुच्छ्रे गाउँपालिका-८ का वडाध्यक्ष राम गुरुङका अनुसार गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि खोजी तीव्र पारिएको जानकारी दिए ।
करिब २२ /२३ वर्षीय ती युवकले गाउँपालिकाको पर्यटक फर्म पनि पूरा नभरेको पाइएको वडाध्यक्ष गुरुङले बताए ।
आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको छ ।
सम्बन्धित
















Gold, silver prices go up
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
स्ट्रेट अफ होर्मुज बन्द हुँदा १५०० भन्दा बढी जहाजहरू समुन्द्रमै ठप्प
चलचित्र ‘लालीबजार’आजदेखि प्रदर्शनमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया