बुधबार, माघ २८, २०८२

बर्दियाबाट वनभोजका लागी आएको बस दाङमा दुर्घटना

मेरोन्यूज २०८० पुष १५ गते ८:५६

 काठमाडौं । बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।

आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटनामा परेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार २५ जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र ४/५ जनालाई कोहलपुर पठाइएको छ ।

तीमध्ये तीन जना गम्भीर भएको उनले बताए। बसमा करिब ४० जना सवार रहेको उनले बताए। 

उनीहरु बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका-३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आएका थिए ।

प्रतिक्रिया