बालकुमारी घटनामा २ मन्त्रीकाे भूमिका छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बालकुमारी घटनाका सन्दर्भमा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको छ ।
सोमबार बसेको समितिको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको छलफलपछि समितिले कोरियाली भाषा परीक्षा दिन माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा गोली चलेको घटनामा दुई मन्त्रीको भूमिकाबारे छानबिन गर्न निर्देशन दिएको हो ।
समितिले ईपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा दुई नेपाली नागरिकको मृत्यु भएकोमा मृत्यु भएका परिवारलाई थप क्षतिपूर्ति दिन र दुवै मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन पनि दिएको छ।
यस्तै घटनामा सम्बन्धित साना कर्मचारीहरू मात्र निलम्बनमा पर्ने र अरु उम्किने अवस्था सिर्जना नहुनका लागि र काम गर्नेहरूको मनोबल नगिर्ने गरी समस्याको न्यायोचित समाधान गर्न पनि निर्देशन दिइएको छ।
















मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया