कपिलवस्तुमा बोलेरो गाडी दुर्घटना हुँदा सहचालकको मृत्यु
मेरोन्यूज
२०८० पुष २० गते १९:२०

कपिलवस्तु । कपिलवस्तुमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
शिवराज नगरपालिका-३ सुपा देउराली मोडस्थित सडकमा प्रदेश २-०३-००१ च ५७८४ नम्बरको बलेरो गाडी आफै अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा गाडीका सहचालक पर्सा वीरगंज महानगरपालिका-१६ नगवा बस्ने १५ वर्षीय शेख आषिफको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बलेरोका चालकलाई थप उपचारको लागि चौराहा अस्पताल बुटवल पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित















घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया