बिहीबार, माघ २९, २०८२

सहकारीको १२ करोड रुपैयाँ लिएर फरार भएका अध्यक्ष र सदस्य पक्राउ

मेरोन्यूज २०८० पुष २३ गते १९:१९

काठमाडौं । सहकारीको १२ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेर फरार भएका अध्यक्ष र सदस्य गरी दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रियल गोर्खा बचत तथा ऋण सहकारीका अध्यक्ष र एक सदस्य छन्। डोटीको शिखर नगरपालिका–७ घर भएका ३१ वर्षीय सहकारीका अध्यक्ष हर्कबहादुर कठायत र काभ्रेको धुलिखेल नगरपालिका–११ का ३५ वर्षीय विनोदकुमार ओझालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।

उनीहरुले काठमाडौंको तिनकुनेमा केन्द्रीय कार्यालय रहेको सो सहकारीले जोरपाटी र भक्तपुरमा शाखा कार्यालय सञ्चालन गरी रकम उठाएका थिए।

उनीहरुले १२ करोड ३५ लाख ४८ हजार २०२ रुपैयाँ हिनाहिना गरेको आरोप लागेको छ।

प्रतिक्रिया