बिहीबार, माघ २९, २०८२

जडीबुटीको एक मसाज सेन्टरमा आगलागी : २६ लाखको क्षति

मेरोन्यूज २०८० पुष २४ गते १०:४४

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा सञ्चालित स्पा सेन्टरमा गए राती करिब ३ बजे आगलागी हुँदा २६ लाख बराबरको क्षती भएको छ ।

भवानी गौतमको पाँच तले घरको पक्की घरको पहिलो तलामा आगलागी भएको हो । उक्त घरको पहिलो तलामा नवीना खत्रीले सञ्चालन गरेको प्रि अप माइन्ड मसाज सेन्टरबाट आगो सल्किएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

सुरक्षाकर्मीले दुईवटा दमकलको सहायताले रातीनै आगो निभाएका छन् । आगलागीबाट करिब २६ लाखको क्षति भएको आकलन गरिएको छ ।

विद्युत् सट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया