राष्ट्रियसभा निर्वाचन : आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ ।
सोमबार मनोनयन दर्ता गरेको उमेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।
यसैबीच, दुई उमेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपांगता भएका व्यक्तिको समूहबाट उमेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका दलित समूहका उमेदवार विष्णु बिश्वकर्माविरुद्ध उजुरी परेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
भट्टविरुद्ध एमालेका उमेदवार रामचन्द्र जोशीले अपांगतासम्बन्धी प्रमाण नपुगेको दाबी गरेका छन् । कर्णाली प्रदेशका माओवादी केन्द्रका उमेदवार बिकविरुद्ध भने एमालेकै उम्मेद्वार हिक्मत बिकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका छन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज र भोलि जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यसूची तय गरिएको छ । विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट १९ सदस्यकालागि निर्वाचन हुन लागेको हो ।
















अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध
शेख दाजुभाइको उत्कृष्ट ब्याटिङमा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
निर्माण उद्योग सङ्कटमा, मूल्यवृद्धि र नीतिगत ढिलाइले काम ठप्प
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया