तपस्वी बम्जनको घरबाट ३ करोड बढी नेपाली रुपैयाँ बरामद

काठमाडौं । हत्या, अपहरण तथा यौनहिंसा आरोपमा मंगलबार काठमाडौँमा पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनको घरबाट ३ करोडभन्दा बढी रुपैयाँ बरामद भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र नभइ विदेशी मुद्रा पनि फेला परेको छ।
प्रहरीले बोम्जनको घरबाट कम्तिमा २० वटा मोबाइल, दुई वटा ल्यापटप र १५ वटा पेनड्राइभ पनि बरामद गरेको छ । सीआईबीले बोम्जनलाई मंगलबार साँझ हात्तिगौंडाबाट पक्राउ गरेको थियो । उनी त्यहाँ श्रीमती र छोराछोरीसहित बसेका थिए ।
प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए। यद्यपि, प्रहरीले उनलाई नियन्त्रणमा लियो ।
लामो समयदेखि प्रहरीको खोजीमा रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान विभागको टोलीले पक्राउ गरेको हो ।
















टी–२० विश्वकप २०२६: विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित , इंग्ल्यान्ड ३० रनले पराजित
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
टी-२० विश्वकपमा आज तीन खेल, नेपाल रहेको समूहबाट भिड्दैछन् स्कटल्याण्ड र इटाली
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
दाङकाे सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
प्रतिक्रिया