‘प्रतीक’ को ‘फायर एन्ड रेन’ विशेषाङ्क प्रकाशित

काठमाडौं । नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलिसिटी भोक तथा साहित्यकार युयुत्सु आरडी शर्माले ‘प्रतीक’ साहित्यिक पत्रिकाको अस्ट्रेलिया विशेषाङ्क ‘फायर एन्ड रेन’ (आगो र वर्षा) को आज विमोचन गरेका छन् ।
नेपालस्थित अस्ट्रेलियाली राजदूतावासमा आयोजित समारोहमा विमोचित विशेषाङ्कमा अस्ट्रेलियाली कविलेखकका कविता, कथा र निबन्ध, चित्रहरूका साथै राजदूत भोकसँग सम्पादक शर्माले लिएको लामो अन्तर्वार्ता समावेश गरिएको छ ।
नेपालबाट प्रकाशन भइरहेको साहित्यिक अङ्ग्रेजी पत्रिका ‘प्रतीक’, एसिया प्यासिफिक राइटर्स एन्ड ट्रान्सलेटर्स र रेड रुम पोयट्रीको सहकार्यमा प्रकाशित विशेषाङ्क हो जसका सम्पादकमा साहित्यकार शर्मा, स्याली ब्रिन र जेनिफर म्याकेन्जी हुन । विशेषाङ्कमा प्राकृतिक र सहरी विश्वको सम्बन्धबारे चिन्ता र अनिश्चितता तथा हिंसा र कोमलतासम्बन्धी विषय अभिव्यक्त छन् । राजदूत भोकका दुई उपन्यास ‘लाइटनिङ’ (चट्या¬ङ) र ‘डिजायर लाइन्स’ शीर्षकमा प्रकाशन पनि भइसकेका छन् ।
सो अवसरमा राजदूत तथा साहित्यकार भोकले जहाँ बसेका भए पनि मानिसको अनुभव विश्वव्यापी नै हुने बताउँदै ‘प्रतीक’ को अस्ट्रेलिया विशेषाङ्क नेपाल र विश्वभरका लागि अस्ट्रेलियाली लेखकहरूलाई बुझ्ने पाउने एक उपहार हुने विश्वास व्यक्त गरे । युद्ध र जलवायु परिवर्तनको यस समयमा मानवता नै आवश्यक हुने पनि उनले बताए ।
साहित्यकार तथा ‘प्रतीक’ को विशेषाङ्कका सम्पादक शर्माले राजदूत भोक वास्तविक रूपमा भाषा, साहित्य र संस्कृतिको पनि वास्तविक राजदूत भएको विचार राख्दै उनकै सहयोगमा आदिवासी जनता, जलवायु परिवर्तन, पुर्खाका स्मृति आदि विषय उल्लिखित प्रस्तुत विशेषाङ्क प्रकाशन गर्न सकिएको बताए । उनले सो विशेषाङ्कका रहेका तीन कविता पनि वाचन गरे । राजदूत भोकको एक उपन्यासको लेखक शर्मा र साहित्यकार अमर आकाशबाट नेपालीमा अनुवाद भइरहेको पनि जनाइएको छ ।










सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आजदेखि बाघ गणना हुँदै
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया