राप्रपाको चियापान आज, प्रधानमन्त्रीसहित ८ हजार जनालाई निम्तो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा) आज चियापान कार्यक्रम आयोजना गर्दैछ।
राप्रपाले ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको हो ।
उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवी लगायत ८ हजार जनालाई निमन्त्रणा गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार चियापान अघि पार्टीले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ। भृकुटीमण्डपमा भेला भइ अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली र शालिकमा माल्यार्पण हुनेछ ।
पार्टीले आजै राष्ट्रिय एकता दिवसका रुपमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्र्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरिएको प्रवक्ता श्रेष्ठले जनाए। उनका अनुसार जिल्लामा हुने कार्यक्रमलाई प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाइएको छ।
यस्तै आजै ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति १० हजार पुरस्कार प्रदान गरिनेछ ।
पृथ्वी जयन्तीलाई एकता दिवस र उत्सवका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समिति समेत गठन गरिएको थियो।
















विद्यार्थीको रुचिअनुसार पठनपाठनमा प्राथमिकता : मुख्यमन्त्री आचार्य
President issues Ordinance on Constitutional Council
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
अमेरिकाले कब्जा गरेको इरानी जहाजको चालक दलका १५ सदस्य इरानलाई हस्तान्तरण
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया