मुगुमा कर्मचारीबाटै १४ वर्षीया बालिका बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
सामूहिक बलात्कारमा परेकी बालिकाको गर्भमा बच्चासमेत रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपी) विरेन्द्रबहादुर थापाले जानकारी दिए । डीएसपी थापाले पीडित किशोरीले आफूमाथि बलत्कार भएको जाहेरी दर्ता गराएपछि ४ जनालाई पक्राउ गरिएको बताए।
गत भदौमा भएको बलात्कार घटनामा नगर प्रहरी, सरकारी कार्यालयका कर्मचारी र केही स्थानीय व्यक्तिमाथि आरोप लगाइएको छ । बालिकाको गर्भमा भ्रूण हुर्कँदै गएपछि घटना सार्वजनिक भएको हो ।
डीएसपी थापाका अनुसार बलात्कार घटनामा संलग्न रहेको आरोपमा छायाँनाथ रारा नगरपालिका–५ कार्कीवाडाका वर्ष ३० वर्षीय सोही नगरपालिकाका नगर प्रहरी वसन्त बहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ आँसिधारा गाउँका २२ वर्षीय वसन्त रोकाया लगायतविरुद्ध जाहेरी परेको छ।
१४ वर्षका बालकहरूले गत १६ भदौमा आफूमाथि बलात्कार गरेका र १० असोजमा नगर प्रहरी बसन्त कार्कीसहित बसन्त रोकाया र पदमबहादुर कठायतले बलात्कार गरेको पीडित बालिकाले बयानमा बताएकी प्रहरीले जनाएको छ ।
बलात्कारबाट पेट दुख्नेजस्ता समस्याहरू भएपछि जिल्ला अस्पताल मुगुमा चेकजाँच गराउँदा आफ्नो पेटमा गर्भ रहेको कुरा थाहा पाएको पीडित बालिकाले बताएकी छन् ।
बालिकाको जाहेरीपछि घटनामा संलग्न रहेको आरोप लागेका तीन किशोरसहित नगर प्रहरी कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी रोकायालाई पक्राउ गरिएको छ।
बाँकी फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
















बागलुङ-२ मा १२ जना उम्मेदवारबीच प्रतिस्पर्धा
No alternative to election: PM Karki
आगामी संसद्मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छः अध्यक्ष लिङ्देन
Death toll in Madagascar cyclone rises to 35
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
विदेश पठाउने नाममा ठगी गर्ने पाँच जना पक्राउ
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
प्रतिक्रिया