लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं। देशका विभित्र स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका छन् ।
कास्कीको पोखरा महानगरपालिका-१३ आर्वाबाट अवैध लागूऔषध गाँजा करिब १ किलो २ सय ४० ग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने धादिङ घर भएका २१ वर्षीय सुशान्त थापा मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ बनदेबीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४९ मिलिग्राम, सुन जस्तो देखिने पहेंलो धातुको सिक्रीका टुक्राहरू ७ ग्राम ८४ मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-५ बस्ने २३ वर्षीय प्रकाश सुनार, सोही ठाउँ बस्ने २४ वर्षीय राजु सार्की र कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध तथा पहेंलो धातुका टुक्राहरूसहित पक्राउ गरेको हो ।
दाङको घोराही उपमहानगरपालिका-१२ हापुरस्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ८० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ बस्ने २७ वर्षीय दिपेन्द्र रोकालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट हापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
स्याङजाको वालिङ नगरपालिका-९ भकुण्डेबाट नियन्त्रित लागूऔषध नुर्फिन ४९ एम्पुल, डाईजेपाम ४९ एम्पुल र फेनरागन ४९ एम्पुलसहित पर्वत कुश्मा नगरपालिका-१० बस्ने २३ वर्षीय अजय नेपाली प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पर्साको वीरगंज महानगरपालिका-१६ रजत जयन्ति चोकबाट नियन्त्रित लागूऔषध नुर्फिन ७७ एम्पुल, फेनारगन ७८ एम्पुल र डाईजेपाम ७८ एम्पुलसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ थाना भर्याङ बस्ने ३७ वर्षीय सरोज कुमार श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया