टुँडिखेल माघी मेला : घाइते १६ मध्ये १० जना डिस्चार्ज, अन्यकाे उपचार हुँदै

काठमाडौँ । टुँडिखेलमा थारु र मगर समुदायले आयोजना गरेको माघी महोत्सवमा धकेलाधकेल हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये १० जना डिस्चार्ज भएका छन् ।
घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको र बाँकी १० जना उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
ट्रमा सेन्टरमा उपचार भइरहेका घाइतेहरू
१) जिल्ला धादिङ गंगा जमुना गाउँपालिका वडा नं. ५ घर भई हाल काठमाडौं जिल्ला फुटुङ बस्ने वर्ष १९ की रेजिना घले (निधार र मुखमा चोट बोल्न सक्ने) ।
२ ) जिल्ला कैलाली घोडाघोडी गाउँपालिका घर भई काठमाडौं जिल्ला सितापाइला बस्ने वर्ष १९ की रिजा रेस्मी मगर (निधारमा पेटमा चोट बोल्न सक्ने) ।
३) जिल्ला संखुवाशभा म्यादी नगरपालिका-४ घर भई काठमाडौं जिल्ला मनमैजु बस्ने वर्ष २२ की निर्मला श्रेष्ठ (निधार,बाँया कुम र दुवै खुट्टामा चोट बोल्न सक्ने )।
४) जिल्ला ललितपुर ललितपुर महा-नगरपालिका वडा नं. २२ पाटन बस्ने वर्ष २७ की रश्मी नेपाल (बाँया गालामा चोट अवस्था बोल्न सक्ने )।
५) जिल्ला दोलखा आरुघाट गाउपालिका वडा नं. ८ घर भई हाल का.जि. चौमती बस्ने वर्ष ११ की युनिका बराल (सामान्य )।
६) जिल्ला उदयपुर रौतामाई गाउपालिका ०८ घर भई हाल का.जि. मनमैजु बस्ने वर्ष १४ की करिश्मा मगर (अनुहार र ढाडमा चोट बोल्न सक्ने )।
डिस्चार्ज भएकाहरू
डिस्चार्ज हुनेहरुमा खोटाङ घर भएकी १२ वर्षीया त्रिसना मगर, सिन्धुपाल्चोक घर भएकी अन्जना तामाङ, धनकुटा घर भएकी १६ वर्षीया निकिता मगर, बर्दिया घर भएकी ३० वर्षीया रेखा चौधरी, प्युठान घर भएकी अनिसा केसी, कैलाली घर भएकी २५ वर्षीया कल्पना चौधरी र सुनसरी घर भएकी २२ वर्षीया मन्दिरा बस्नेत छन् ।
त्यस्तै डिस्चार्ज हुनेमा ललितपुर घर भएकी ४० वर्षीया मिना थापा, रोल्पा घरका प्रहरी जवान पृथ्वी बुढा मगर र पाल्पा घर भएकी २५ वर्षीया निशा राना थापा छन् ।
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया