सशस्त्रका डीआईजी शाहलाई उत्कृष्ट बाहिनीपतिको अवार्ड

काठमाडौं । सशस्त्र प्रहरी बल मुख्यालयले मधेस प्रदेशको कमाण्ड सम्हालेका डिआइजी दिपेन्द्र शाहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।
छिन्नमस्ता वाहिनी बर्दिबासमा कार्यरत डिआइजी शाहलाई आठ बाहिनीपति मध्ये उत्कृष्ट बाहिनीपतिको रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो ।
देशभरका युनिट प्रमुखहरुको मूल्याङ्कन गर्ने क्रममा बाहिनीपतिहरू मध्ये छिन्नमस्ता बाहिनीमा कार्यरत शाह उत्कृष्ट ठहरिएको सशस्त्र प्रहरी बल हल्चोक मूख्यालय स्रोतले जनाएको छ ।
आठ वटा जिल्लाको कमान्ड रहेको सो बाहिनीले सीमा सुरक्षामा समेत उल्लेख्य कार्य गरेको सशस्त्र मुख्यालयको ठहर गरेको थियो । मधेस प्रदेश सीमा सुरक्षाको दृष्टिले संवेदनशील रहेको र सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण तथा राजश्व छलीलाई समेत न्यूनीकरण गरेको भन्दै सो बाहिनीका बाहिनीपति डिआइजी शाहलाई पुरस्कार ग्रहण गर्न काठमाडौं बोलाइसकेको छ । उनी काठमाडौ आइसकेको मूख्यालयका एक अधिकृतले बताए ।
बर्षभर उत्कृष्ट भएका वाहिनी, तालिम केन्द्र,गण, गुल्म र युनिटहरूलाई सशस्त्र प्रहरी बल स्थापना भएको माघ ९ गते मुख्यालयमा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । हरेक वर्ष उत्कृष्ट युनिटलाई सशस्त्र प्रहरी मुख्यालयले पुरस्कृत गर्दै आएको छ ।देशभर एआइजीको नेतृत्वमा अनुगमन गरी उनीहरूको कार्यसम्पादनलाई आधार मानेर पुरस्कार प्रदान गर्ने गरिन्छ ।
यसवर्ष तीन एआइजीको नेतृत्वमा अनुगमन भएको थियो । डिआइजी र एसएसपीहरुले गण, गुल्म, विओपीहरुको अनुगमन गरेका थिए ।
















बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया