बिहीबार, वैशाख २४, २०८३

दाङमा रड प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

मेरोन्यूज २०८० माघ ७ गते ८:३१

दाङ। दाङको तुलसीपुरमा एक व्यक्तिले पत्नीको हत्या गरेका छन्। 

Advertisement
NiccNicc

तुलसीपुर उपमहागनरपालिका – ४ तल्लो हलवारका ४३ बर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन्।

रक्सीले मातेपछि उनले गएराति पत्नीलाई रडले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। घटनापछि प्रहरीले चौधरीलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया