चीन–किर्गिस्तान सीमामा शक्तिशाली भूकम्प
मेरोन्यूज
२०८० माघ ९ गते ९:२९

चीन । सोमबार राति ११ बजेर ३९ मिनेटमा चीन–किर्गिस्तान सीमा क्षेत्रमा ७.२ म्याग्निच्युडको भूकम्प गएको छ।
भूकम्पको केन्द्रविन्दु दक्षिणी सिनजियाङमा जमिनबाट २२ किलोमिटर तल रहेको बताइएको छ ।
समाचार एजेन्सीका अनुसार भूकम्पका कारण धेरै भवनहरू भत्किएका छन् भने धेरै मानिस घाइते भएका छन् । भूकम्पपछि ४० वटा परकम्प पनि गइसकेका छन् ।
विभिन्न स्थानमा फसेका मानिसको उद्धार गर्न उद्धारकर्मीको टोली पठाइएको छ । चीनमा गएको भूकम्पको प्रभाव भारतमा पनि देखिएको छ । दिल्ली(एनसीआरमा लामो समयसम्म भूकम्पको धक्का महसुस गरिएको थियो। आतंकित मानिसहरु घरबाहिर निस्किएर खुला ठाउँमा पुगेका थिए ।
भुकम्पकोका कारण चीनका रेल विभागले २७ रेल सञ्चालन राेकेकाे जनाएकाे छ ।
सम्बन्धित
















आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया