बिहीबार, वैशाख २४, २०८३

राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्चद्वारा सदर

मेरोन्यूज २०८० माघ ११ गते १८:१९

काठमाडौं ।भेपमा लुकाएर सुन तस्करी आरोपमा राहुल महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्चले पनि सदर गरेको छ।

Advertisement
NiccNicc

उच्च अदालत पाटनका न्यायधीशद्धय अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले भेप प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंकै आदेश सदर गरेको हो।

पुर्पक्षको लागि थुनामा पठाउने जिल्लाको आदेश विरुद्ध ७३ नम्बरको निवेदन लिएर उच्च पुगेको महरालाई थुनामा राख्ने शुरुकै आदेश उच्चले सदर गरेको अदालतका उपरजिष्टार तीर्थराज भट्टराईले जानकारी दिए।

इलेक्ट्रोनिक सिगरेट भेप प्रकरणमा महरामाथि अपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा मुद्दा चलेको छ। इजलासले भेप प्रकरणमै पुर्पक्षका लागि थुनामा रहेका लोकेन्द्र कुमार पौडेलको हकमा भने पाँच लाख रूपैया धरौटीमा छाड्ने आदेश दिएको छ।

प्रतिक्रिया