भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मेरोन्यूज
२०८० माघ १२ गते ११:२०

काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ४ एसएस चोक नजिक टिपरको ठक्करबाट उनको मृत्यु भएको हो ।
गएराति ९ बजेर २० मिनेटमा बा ३ क १७४५ नम्बरको टिप्परले ठक्कर दिँदा प्रदेश २–०३५ प ८०८३ नम्बरको मोटरसाइकल चालक सिन्धुपाल्चोकको बलेफी–५ बस्ने ४३ वर्षीय उद्धव प्रसाद नेपालको मृत्यु भएको हो ।
शवलाई पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । टिपर चालक मकवानपुरको मनहरी गाउँपालिका १ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ३५ वर्षीय बोलमान वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















आर्थिक गणनामा व्यावसायिक प्रतिष्ठानलाई सहभागी हुन आह्वान
यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया