भिल्लारियलसँग बार्सिलोनाकाे लज्जास्पद हार

काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोना भिल्लारियलसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा भिल्लारियलले बार्सिलोनालाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।
भिल्लारियलको जितमा जेरार्ड मोरेनो, लिआस अखोमाच, गोन्कालो गुएडेस, अलेक्जेन्डर सोरलोथ र जोस लुइस मोरालेसले एक एक गोल गरेका थिए ।
त्यसैगरी बार्सिलोनाका लागि इके गुनडोगान र पेड्रीले एक एक गोल गरेका थिए भने एक गोल भिल्लारियलका एरिक बेलीले आत्मघाती गोल गरेका थिए ।
यो जितपछि भिल्लारियलको २२ खेलमा २३ अंक भएको छ र अंकतालिकामा १४औं स्थानमा रहेको छ ।
त्यस्तै बार्सिलोनाको भने यो यस सिजनको पाँचौं हार हो । २१ खेलमा बार्सिलोनाको ४४ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । बार्सिलोना शिर्ष स्थानमा रहेको रियल म्याड्रिड भन्दा १० अंकले पछाडि रहेको छ ।
यो हारपछि बार्सिलोनाका प्रशिक्षक जाभीले यस सिजनको अन्त्यपछि क्लब छोड्ने घोषणा गरेका छन् ।
















यस्तो छ आज तरकारीको मूल्य
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
डुबेर दुई बालकको मृत्यु
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे छलफल हुने
प्रतिक्रिया