पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय
मेरोन्यूज
२०८० माघ १६ गते १४:१२

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ ।
मंगलबार रावलपिंडीको विशेष अदालतले यस्तो घोषणा गरेको हो। उनलाई राज्यको गोप्य कुरा चुहावट गरेको मुद्दामा यो सजाय भएको हो ।
अफिसियल सेक्रेट एक्ट अन्तर्गत स्थापित अदालतले पूर्वप्रधानमन्त्री खानलाई अमेरिकाका लागि पूर्व पाकिस्तानी राजदूतले पठाएको गोप्य केबलको दुरुपयोग गरेकोमा दोषी ठहर गरेको थियो।
तर खानले भने बारम्बार आरोप अस्वीकार गर्दै आएका छन् ।
खान गत वर्ष अगस्टदेखि जेलमा छन्। उनीमाथि विभिन्न मुद्दाहरू चलिरहेका छन् ।
देशको प्रमुख प्रतिपक्षी रहेका खानविरुद्ध आम निर्वाचनको करिब एक साताअघि यस्ताे सजाय आएको हो ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
प्रतिक्रिया