पुलिसलाई हराउँदै चर्च ब्वाइज क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा
मेरोन्यूज
२०८० माघ १६ गते १८:४४

पोखरा । नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइज क्लब २३ औं आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।
आज (मंगलबार) पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चर्च ब्वाइजले दोस्रो हाफमा गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजको जितमा समिर तामाङ नायक बने । खेलको ७२औं मिनेटमा समिरले गरेको गोल नै निर्णायक बन्यो ।
चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । बुधबार हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लबले जावलाखेल युथ क्लबको सामना गर्नेछ ।
सम्बन्धित















नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक
हुरीका बेला सतर्कता अपनाउन आग्रह
सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया