प्रयोगशालासहितका ‘मोबाइल भ्यान’ सञ्चालन हुँदै

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले गुणस्तरहीन खाद्यवस्तुको आपूर्ति नियन्त्रण गर्न ‘मोबाइल ल्याब भ्यान’ तत्काल सञ्चालन गरिने बताएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री भुसालले बजारमा मानव स्वास्थ्यमा असर पार्ने गुणस्तरहीन खाद्यवस्तुको बिगबिगी बढेकाले त्यसलाई रोक्न तथा वस्तुको गुणस्तर परीक्षणका लागि प्रयोगशालासहितका भ्यान सञ्चालन गरिने बताए ।
राम्रो काम गर्दा आउने चुनौतीको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले भने्,“यो भ्यान कुनै पनि हालतमा सञ्चालन गर्नुपर्नेछ । ”
मन्त्री भुसालले जनतासँग खाद्यको विषय जोडिएको भन्दै विभागले काममा सक्रियता देखाउनुपर्नेमा जोड दिए ।
उनले विभागलाई प्रगति विवरण अर्धवार्षिक रुपमा नभएर मासिक रुपमा सार्वजनिक गर्न निर्देशन दिँदै भने, “विभागभित्र प्रगति पेस गरेर जनताले सुन्दैनन्, अब मासिक रुपमा कामको विवरण सार्वजनिक गर्नुस्, आफूले गरेको काम जनताको बीचमा लैजानुस् । यसले समग्र विभाग, मन्त्रालय र सरकारको प्रगति देखिन्छ ।”
सरकारले रु २४ करोड खर्चेर खरिद गरेका प्रयोगशालासहितका केही मोबाइल भ्यान प्रयोगविहीन छन् ।
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
प्रतिक्रिया