ललितपुर महानगरले शुरु गर्यो एलएमसी अलर्ट मोबाइल एप

पाटन । ललितपुर महानगरपालिकाले ‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक गरेको छ ।
महानगरका नागरिकका तथा विपद सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त ‘एप’को व्यवस्था गरिएको हो ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित एक कार्यक्रमबीच ‘एलएमसी अलर्ट’ एप सार्वजनिक गरे ।
महानगरले नागरिकका समस्या तत्कालै समाधान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त मोवाइल एप्लिकेसनमा अनलाइन तथा अफलाइन माध्यमबाट आफ्ना गुनासा तथा समस्या दर्ता गर्न सक्नेछन् ।
गुनासा तथा समस्या दर्ता गर्ने बित्तिकै महानगरको ‘प्रहरी कन्ट्रोल रुम’मा साइरन बज्नेछ । लगत्तै समस्या अनुसार नगरप्रहरी, दमकल र एम्बुलेन्स परिचालन गरिनेछ ।
घटनास्थलमा पुगेर नागरिकको सेवा गर्ने अभिप्रायले एप तयार गरिएको प्रमुख महर्जनले बताए । एपमा नागरिकले २१ विषयका समस्या र गुनासा पठाउन मिल्ने छ । “स्मार्ट सिटी बनाउन गर्नुपर्ने काममध्येको यो एउटा हो”, उनले भने । यसका लागि चार स्थानमा विपद व्यवस्थापन शाखा सञ्चालन गरिने प्रमुख महर्जनले जानकारी दिए ।
एप सार्वजनिक कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले एपको माध्यमबाट नागरिकलाई सेवा प्राप्त गर्न सहज हुने बताए । नगरप्रहरी प्रमुख सिताराम हाछेथुले विपद्को समयमा नागरिकले सहजै र छिटो सेवा प्राप्त गर्नुका साथै जनधनको क्षति रोक्न एप उपयोगी हुने विश्वास व्यक्त गरे ।














Two killed in separate accidents in Palpa and Udayapur
“अमेरिका र इरानबीच दीर्घकालीन र विश्वसनीय युद्धविराम सम्झौता आवश्यक”
कांग्रेसबाट समानुपातिकतर्फ १५ महिला र ५ पुरूषको नाम सिफारिस
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया