१५ दिनभित्र साहारा चितवन सहकारीविरुद्ध उजुरी दिन प्रहरीको अनुरोध
मेरोन्यूज
२०८० माघ १९ गते १८:३७

चितवन। साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निक्षेपकर्ताहरुलाई १५ दिनभित्र उजुरी दिन जिल्ला प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै प्रहरी कार्यालयले उक्त सहकारीले रकम ठगी गरेका र उजुरी दिन छुटेका निक्षेपकर्ताहरूलाई उजुरी दिन आग्रह गरेको हो।
भरतपुर महानगरपालिका–३ लायन्सचोकमा रहेको सहकारीको कार्यालय सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापक समेतले उक्त सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुको रकम ठगी गरेकोले ठगी सम्बन्धी कसुरमा जाहेरी परेकाले उनीहरु विरुद्ध अनुसन्धान भइरहेको प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिए।
सम्बन्धित









मुख्य न्यायाधिवक्ता महतो पदमुक्त
क्षतिग्रस्त सिंहदरबार अवलाेकन गर्दै पूर्वराष्ट्रपति भण्डारीले भनिन्- चाँडै पुनःनिर्माण हुनेमा विश्वास छ
जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य
निर्धारित समयमा निर्वाचन हुन्छः अर्थमन्त्री खनाल
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
प्रतिक्रिया