हिउँदे अधिवेशनपछि संसदमा विद्युतीय हाजिरी अनिवार्य गरिने

काठमाडौँ । संघीय संसदमा सांसदहरुको विद्युतीय हाजिरी हुने भएको छ । माघ २२ गतेबाट सुरु हुने हिउँदे अधिवेशनदेखि विद्युतीय हाजिरी अनिवार्य गर्न लागि संसद सचिवालयले जनाएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी सभामुख र राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा यस विषयमा छलफल भएको हो ।
विद्युतीय हाजिरीका लागि वानेश्वरस्थित संसद भवनमा बैठक कक्ष बाहिर चार वटा मेसिन राखिएको छ । सभामुख, प्रधानमन्त्री, प्रमुख विपक्षी दलको नेता र पूर्वप्रधानमन्त्रीको हकमा हाजिरीका लागि छुट्टै मेसिनको व्यवस्था मिलाइएको संसद सचिवालयले जनाएको छ ।
सचिवालयका अनुुसार विद्युतीय हाजिरीका लागि संसद सचिवालयले दुई जना बाहेकका सांसदको औठाछाप र अनुहारको विवरण संकलन गरिसकेको छ । भ्रष्टाचार मुद्दामा निलम्बनमा रहेका टेकबहादुर गुरुङ र नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेलमा रहेका टोपबहादुर रायमाझीको विद्युतीय हाजिरीको विवरण नलिएको सचिवालयले जनाएको छ ।
















चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया