मेक्सिकोको पुएब्ला राज्यबाट २ हजार ५ सय आप्रवासीको उद्धार

मेक्सिको । मेक्सिकोका अधिकारीहरूले जनवरीमा पुएब्ला राज्यमा दुई हजार ५०१ विदेशी आप्रवासीको उद्धार गरेको ‘नेशनल माइग्रेसन इन्स्टिच्युट’ले शुक्रबार जनाएको छ ।
इन्स्टिच्युटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विज्ञप्ति जारी गर्दै सङ्घीय, राज्य र नगरपालिका स्तरका अधिकारीहरूको समन्वयमा सयौँआप्रवासीको उद्धार गरिएको जनाएको छ ।”
ती आप्रवासीहरू ल्याटिन अमेरिका, अफ्रिका र एसियाका ३६ वटा देशबाट आएका थिए । “सहायता प्राप्त गर्ने व्यक्तिमा ३०६ महिला र ९८९ वयस्क पुरुषहरू छन् । उनीहरू एक्लै यात्रा गरिरहेका थिए, र २९२ परिवारको समूहमा एक हजार २०५ जना र एक किशोरी रहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
महान्यायाधिवक्ताको कार्यालयले मानव बेचबिखनको सम्भावित अपराधका लागि अनुसन्धान सुरु गरेको छ ।
यसैबीच मानव बेचबिखनको सम्भावित अपराधका लागि पाँच जना मेक्सिकोका नागरिकलाई अपराधमा संलग्न भएको आरोपमा मुद्दा चलाइएको छ ।









आकर्षक छुट र सुविधासहित यामाहा नेपालद्वारा ‘यामाहा ब्लू क्याम्प’ घोषणा
‘जेरी अन टप’ले मनायो ५१औँ दिन, अहिलेसम्मको कमाइ कति ?
गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
PM Karki seeks former President Bhandari’s support on election bid
बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यकः महासचिव पोखरेल
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
प्रतिक्रिया