मुगुमा दाजु र बहिनीको जलेर मृत्यु
मेरोन्यूज
२०८० माघ २२ गते १८:३८

काठमाडौँ । खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालको १४ वर्षीय छोरा विशाल सन्ज्याल र १२ वर्षीया छोरी झरना सन्ज्यालको जलेर मृत्यु भएको छ ।
सरस्वतीले जस्तापाताले छाएको कच्ची घरको भुई कोठामा आगो बाली सुतीरहेको अवस्थामा आगलागी भएको तथा घरभित्र रहेका उनको छोरा र छोरी फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रातापानी तथा प्रहरी चौकी श्रीकोटरोलबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोग आगो निभाएको थियो ।
आगो निभाउने क्रममा दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घरमा आगलागी हुँदा सुतिरहेकी बहिनीलाई बचाउन जाँदा विशालको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति
घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया