अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र :अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताए । उनले भने, ‘हामीले अवलम्बन गरेको प्रणाली दोषी छ । त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडी बढ्न सक्दैन’ ।
उनले नयाँ सम्झौतामा जोड दिँदै भने ‘अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारी सक्नुभएको अवस्था हो । त्यसैले म आग्रह गर्छु, अब नयाँ सम्झौता गरेर अगाडी जानुपर्छ ।’
परिवर्तनको नाममा आएको व्यवस्था गणतन्त्र नै नभएको लिङ्देनले ठोकुवा गरे । जनताले यो व्यवस्थालाई लुटतन्त्र भनिरहेको सदनमा उनले सुनाए । केही सिमिति राजनीतिक दल र तिनका सिमित नेताहरुहरुको मुठ्ठीमा देश कैद भएको लिङ्देनले आरोप लगाए ।
राप्रपाले पछाडि फर्कन नखोजेको तर्क राख्दै लिङ्देनले देश यही अवस्थामा रहिरहन नसक्ने बताए । ‘अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्दछ । कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो,’ लिङ्देनले सदनमा भने ।
















5 terrorists killed in security operation in NW Pakistan
Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया