अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र :अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको प्रणाली गणतन्त्र नभइ लुटतन्त्र भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडी बढ्नुपर्ने बताए । उनले भने, ‘हामीले अवलम्बन गरेको प्रणाली दोषी छ । त्यसैले अब यही निर्वाचन प्रणाली, यही नियुक्ति प्रणाली, यही ऐन निर्माण गर्ने विधिबाट हामीले अपेक्षा गरेको परिवर्तन सम्भव छैन मात्र होइन कुनै हालतले देश अगाडी बढ्न सक्दैन’ ।
उनले नयाँ सम्झौतामा जोड दिँदै भने ‘अहिले यो कुरा राप्रपाले मात्रै होइन, यो उत्कृष्ट व्यवस्था हो भनेर ल्याउने, लड्ने सबैले पनि स्वीकारी सक्नुभएको अवस्था हो । त्यसैले म आग्रह गर्छु, अब नयाँ सम्झौता गरेर अगाडी जानुपर्छ ।’
परिवर्तनको नाममा आएको व्यवस्था गणतन्त्र नै नभएको लिङ्देनले ठोकुवा गरे । जनताले यो व्यवस्थालाई लुटतन्त्र भनिरहेको सदनमा उनले सुनाए । केही सिमिति राजनीतिक दल र तिनका सिमित नेताहरुहरुको मुठ्ठीमा देश कैद भएको लिङ्देनले आरोप लगाए ।
राप्रपाले पछाडि फर्कन नखोजेको तर्क राख्दै लिङ्देनले देश यही अवस्थामा रहिरहन नसक्ने बताए । ‘अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्दछ । कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो,’ लिङ्देनले सदनमा भने ।
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया