बलात्कार आरोप लागेपछि फरार रहेका युवा पक्राउ

राजविराज । बजारमा मोबाइल बनाउन दिएर घर फर्किँदै गरेकी महिलालाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका युवक नौ महिनापछि सोमबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका–५ मझौरा टोलका ३२ वर्षीय मो. कुर्बान मियाँ रहेका छन्।
हनुमाननगर कंकालिनी नगरपालिका-१ भारहदमा मोबाइल बनाउन दिएर घर फर्किँदै गर्दा जेठ ७ गते राति हनुमाननगर कंकालिनी नगरपालिका–१२ स्थित महादेवा र भारदहको बीच बेलहा पुल छेउमा आरोपितले समातेर मकै बारीमा लगेर बलात्कार गरेको र रातभर राखेको २५ वर्षीया महिलाले बताएकी छन्।
उम्किएर भाग्न खोज्दा ज्यान मार्ने धम्की दिएका आरोपितले भोलिपल्ट भारत हिँड्न दवाव दिएको पीडितले बताइन्। आफ्नो सानो छोरा ल्याई दिने सर्त राखेपछि आरोपित बच्चा लिन महिलाको घर गएपश्चात पछि लागेर घर पुगेकी महिलाले होहल्ला गरेपछि आरोपित फरार भएका थिए। महिलाको सात वर्षीया छोरी तथा चार र साढे एक वर्षीय छोरा छन्।
घटनापछि गाउँघरमा छलफल गरेर पञ्चेती गर्न खोजिएको स्थानीयले बताए। गाउँसमाजकै सल्लाहमा प्रहरीमा उजुरी परेको गाउँलेहरुले बताए। जिल्ला प्रहरी कार्यालयमा जेठ १४ गते उजुरी दर्ता भएको थियो।
सप्तरी जिल्ला अदालतबाट जेठ २९ गते पक्राउ पुर्जी जारी भएको थियो। खोजी गर्ने क्रममा फरार आरोपित गाउँघरबाटै पक्राउ परेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको इन्स्पेक्टर प्रमोद खड्काले बताए।












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
पूर्वमन्त्री एवम् नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
प्रतिक्रिया