पत्रकार धितालका ६ पुस्तक एकैपटक सार्वजनिक

काठमाडौँ । पत्रकार एवं लेखक मनऋषि धितालले आफ्ना ६ पुस्तक एकैपटक सार्वजनिक गरेका छन् ।
नेपाली जनयुद्धका अनुभूति समेटिएका ती पुस्तक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक समारोहबीच सार्वजनिक गरेका हुन् ।
सो अवसरमा प्रधानमन्त्री दाहालले जनयुद्ध दिवसको ऐतिहासिक अवसर पारेर इतिहासलाई जीवन्त राख्न पुस्तकले सहयोग गर्ने बताए। उनले पुस्तकको सफलताको शुभकामना दिए ।
पत्रकार धितालको पुस्तक ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधारयात्रा’, ‘राजमार्गयात्रा’, ‘पिलीयात्रा’ र ‘गण्डकयात्रा’ आज सार्वजनिक गरिएका हुन् । उनको यसअघि ‘गुफाप्रेसका चिठ्ठी’ पुस्तक प्रकाशित भइसकेको छ । सो अवसरमा अर्का लेखक एवं भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरको पुस्तक ‘रामराज्यका अँध्याराहरु’ समेत प्रधानमन्त्री दाहालले सार्वजनिक गरे ।
लेखक धितालले जनयुद्धकालको स्मरण गर्ने उद्देश्यका साथ पुस्तक प्रकाशन गरेको जानकारी दिए । लेखक एवं भाषा आयोगका अध्यक्ष ठाकुरले जनताको बलिदानबाट स्थापित गणतन्त्रविरुद्ध उभिन खोज्नेका बारेमा आफूले पुस्तकमा उल्लेख गरेको बताए । उनको पुस्तकमा १३ कथा छन् ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया