प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा महिला पक्राउ

काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गरेको अभियोगमा एक महिला पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा बैतडी पुर्चौडी नगरपालिका-६ घर भई चन्द्रागिरि नगरपालिका-१४ नैकाप डेरा गरी बस्ने २४ वर्षीया अमिला कुमारी साउँदलाई छिन्। उनलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो।
साउदले आफूलाई नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक हुँ भन्दै दैलेख नारायण नगरपालिका-११ बस्ने २६ वर्षीया महिलालाई राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर लगाइदिने प्रलोभनमा पारेर नगद १ लाख ५० हजार रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। साथै उनको साथबाट नेपाल प्रहरीको पोशाक १ जोर, प्रहरी सहायक निरीक्षकको दर्ज्यानी चिन्ह १ थान, नेमप्लेट १ थान, बुट १ जोर, बेल्ट १ थान र मोबाइल १ थान समेत बरामद भएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
















ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया