ललिता निवास जग्गा प्रकरणको सुनवाइ सकियो, भाेलि नै फैसला आउने

काठमाडौं । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणको मुद्दामा सुनुवाइ सकेको छ । विशेष अदालतमा गत माघ २ गतेबाट सुरु भएको अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको हो ।
एक महिना लामो बहस सकिएसँगै सम्भवतः बुधबार नै फैसला आउने भएकाे छ ।
विशेष अदालतले २ माघदेखि शुक्रबार र शनिबारबाहेक हरेक दिन ललिता निवास जग्गा अनियमितता प्रकरणको मुद्दामा निरन्तर सुनुवाइ गर्दै आइरहेको छ । त्यसक्रममा सरकारी वकिल, आरोपितका कानुन व्यवसायीको बहस र फेरि सरकारी वकिलहरुको जवाफी बहस भएको थियो ।
काठमाडौं । ललिता निवास जग्गा भ्रष्टाचार प्रकरणको अन्तिम बहस सकिएको छ । विशेष अदालतमा गत माघ २ गतेबाट सुरु भएको अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको हो ।
एक महिना लामो बहस सकिएसँगै अब केही दिनमा फैसला आउने छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार आन्तरिक प्रक्रिया पूरा गरेर केही दिनमै फैसला आउने छ ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ मा दायर गरेको मुद्दामा पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया तथा जग्गा खरिदकर्तासहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
अख्तियारले भ्रष्टाचारको आरोपमा ११० जना विरुद्ध र तह–तहमा जग्गा किनेका ६५ जनालाई भने जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।
अख्तियारले पूर्वमन्त्रीहरु डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी, छविलाल पन्त, अख्तियारका पूर्वप्रमुख दीप बस्न्यात लगायत विरुद्ध मुद्दा दायर गरेको थियो । प्रतिवादी बनाइएका जिल्ला न्यायाधीश विनोदकुमार गौतम विरुद्धको अभियोग भने सर्वोच्च अदालतको आदेशमा खारेज भइसकेको छ ।
ललिता निवास जग्गा प्रकरयणमा किर्ते गरेको आरोपमा अर्को मुद्दा पनि चलाइएको छ, जुन जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया