धादिङमा बस र ट्रक ठोक्किँदा २० जनाभन्दा बढी घाइते, तीनको अवस्था गम्भीर
मेरोन्यूज
२०८० फागुन ५ गते १२:४४

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर छ ।
काठमाडौंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले राससलाई जानकारी दिए ।
घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताए । घाइतेको विवरण भने आउन बाँकी रहेको छ ।
बसमा ३० जना तीर्थयात्री सवार थिए ।
सम्बन्धित
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया