मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा एमाले
मेरोन्यूज
२०८० फागुन ६ गते १२:१८

जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आइतबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो ।
मधेस प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दैछ। सोही बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम छ। त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताए ।
मधेस प्रदेश सभामा १०७ सांसद छन्। जसमध्ये एमालेका २४ जना छन्। सभामा कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन्।
सम्बन्धित
















विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
आज देशका विभिन्न स्थानमा तीव्र गतिको हावाहुरी चल्ने
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया