मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा एमाले
मेरोन्यूज
२०८० फागुन ६ गते १२:१८

जनकपुरधाम । नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । आइतबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने दिन एमालेले समर्थन फिर्ता लिन लागेको हो ।
मधेस प्रदेश सभाको बैठक आज दिउँसो २ बजे बस्दैछ। सोही बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम छ। त्यसअघि मध्याह्न १२ बजे एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताए ।
मधेस प्रदेश सभामा १०७ सांसद छन्। जसमध्ये एमालेका २४ जना छन्। सभामा कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन्।
सम्बन्धित
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया