डर, त्रास तथा धम्की दिई ५० लाख माग्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई रु ५० लाख रकम माग गर्ने दुईजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ बस्ने ३६ बर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका–३ बस्ने ३६ बर्षीय नरहरि ढुङगाना उपनाम रमेश रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
उनले भने, “केही व्यक्तिले योजनाबद्ध तरिकाले पीडितलाई पटक–पटक फोनमार्फत तथा प्रत्यक्ष भेट गरी डर, धम्की तथा त्रास देखाई रु ५० लाख माग गरेको भन्ने गोप्य सूचनाका आधारमा हाम्रो कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले चन्द्रगिरि नगरपालिका–९ मच्छेगाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।”
पक्राउ परेकाहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि मङ्गलबार जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाइएको र निजहरुका साथबाट प्रहरीले मोटरसाइकल (सु।प।प्र।–०१००९ प ६६१) एक थान, बिभिन्न कम्पनीका मोबाइलहरु चार थान तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सहयोग रसिद एक ठेली बरामद गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए ।













भेनेजुएलाले राष्ट्रिय आपतकाल घोषणा गरेसँगै ट्रम्पले राजधानी काराकसमा दिए आक्रमणको आदेश
पसल पुगेर आउँछु भनेका निरज कहिल्यै फर्किएनन्
कांग्रेस नेता डा कोइरालाद्वारा पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
स्वस्थानी व्रतसँगै साँखुमा माधवनारायण मेला सुरु (तस्बिरहरू)
कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्ट एकल सिफारिस
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
घट्यो पेट्रोलियम पदार्थको मूल्य
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
प्रतिक्रिया