सिन्धुपाल्चोकको बाह्रबिसेमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
मेरोन्यूज
२०८० फागुन ९ गते २१:३०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसेमा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नागपुजेबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा१२च ४९९१ नं को जिप नागपुजे सडकबाट झण्डै ७० मिटर तल अँधेरी खोलामा खसेको थियो । दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–७ की दिलकुमारी प्रधान र लालकुमारी प्रधानको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देवेन्द्र जोशीले जानकारी दिए।
उक्त दुर्घटनामा जिप चालक विक्रम थापासहित बाह्रबिसे–७ का गोपाल थापा, खड्गकुमारी श्रेष्ठ र पुष्कर थापा घाइते भएका छन् । घाइतेको यहाँका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
प्रतिक्रिया