नेकपा एमाले कैलालीकाे अध्यक्षमा ढुंगाना विजयी

धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढंगाना निर्वाचित भएका छन्।
पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना मुख्य प्रतिद्वन्द्वी वर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष दुर्गा प्रसाद जोशी र सचिव डेजी पाण्डेलाई हराएर अध्यक्ष निर्वाचित भएका हुन्।
शनिबार बिहान सम्पन्न मतगणनाअनुसार ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याए। अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जाेशीले ६३ मत मात्र पाए। उनी हालका कार्यवाहक अध्यक्षसमेत हुन्। अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए।
उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत पाए।
उपाध्यक्षका उम्मेदवार विष्णु चौधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।
सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चाैधरी विजयी भएका छन्। चाैधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाए।
सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्। उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणि भट्ट विजयी भएका छन्। भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए। यस्तै, अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत पाए।
उपसचिव (महिला) मा गंगाकुमारी चाैधरी एक सय ९६ मतसहित विजयी भएकी छन्।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जाेशीले ९४ र अम्बिका विष्टले ९० मत पाए।
फागुन ६ गते सुरू भएकाे एमाले नवाैं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएकाे थियाे। कुल पाँच सय ९१ प्रतिनिधि रहेकाेमा पाँच सय ७७ मत खसेकाे थियाे। आजै नै सदस्यकाे मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ।
















महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
काठमाडौंमा पनि हल्का वर्षा
National Anti-Money Laundering Day today
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया