रुसी-युक्रेन युद्धमा मारिएका नेपालीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा मृत्युवरण गरेका नेपालीको सम्झनामा आज साँझ पाशुपत क्षेत्रमा दीप प्रज्वलन गरिएको छ । ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानद्वारा आयोजित दीप प्रज्वलनमा मानवअधिकारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, धार्मिक व्यक्ति, पीडित परिवारका सदस्यलगायतको सहभागिता थियो ।
अभियानकी संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएकाले सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
सरकारले मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले फसेका नेपालीको उद्धारका साथै घाइतेको उपचारका लागि सहयोग गर्न आग्रह गरे । सो अभियानले रुसी सेनामा भर्ती हुन पुगेका नेपालीलाई अविलम्ब फिर्ता गर्नुपर्ने, युद्धमा ज्यान गुमाएका आफन्तको शव ल्याउनुपर्ने, महिनौँदेखि सम्पर्क नभएकाको वास्तविकता पत्ता लगाउनुपर्ने, सम्पर्कमा भएका सकुशल घर फर्किने वातावरण निर्माण गर्नुपर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाती नेपालका नागरिक कुनै पनि मुलुकको पक्ष तथा विपक्षमा उभिन नहुने, जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्तिलगायत माग गरेको छ ।
अभियानले नेपाली नागरिकको जीवनरक्षाका लागि उनीहरुलाई सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै यहाँस्थित रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया