रुसी-युक्रेन युद्धमा मारिएका नेपालीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा मृत्युवरण गरेका नेपालीको सम्झनामा आज साँझ पाशुपत क्षेत्रमा दीप प्रज्वलन गरिएको छ । ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानद्वारा आयोजित दीप प्रज्वलनमा मानवअधिकारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, धार्मिक व्यक्ति, पीडित परिवारका सदस्यलगायतको सहभागिता थियो ।
अभियानकी संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएकाले सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए ।
सरकारले मृतकको खोजी गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले फसेका नेपालीको उद्धारका साथै घाइतेको उपचारका लागि सहयोग गर्न आग्रह गरे । सो अभियानले रुसी सेनामा भर्ती हुन पुगेका नेपालीलाई अविलम्ब फिर्ता गर्नुपर्ने, युद्धमा ज्यान गुमाएका आफन्तको शव ल्याउनुपर्ने, महिनौँदेखि सम्पर्क नभएकाको वास्तविकता पत्ता लगाउनुपर्ने, सम्पर्कमा भएका सकुशल घर फर्किने वातावरण निर्माण गर्नुपर्ने, असंलग्न परराष्ट्र नीतिको पक्षपाती नेपालका नागरिक कुनै पनि मुलुकको पक्ष तथा विपक्षमा उभिन नहुने, जीवन गुमाउन पुगेका नागरिकका परिवारलाई उचित क्षतिपूर्तिलगायत माग गरेको छ ।
अभियानले नेपाली नागरिकको जीवनरक्षाका लागि उनीहरुलाई सकुशल घर फिर्ताका लागि व्यवस्था गर्नुपर्नेलगायत विषय उल्लेख गर्दै यहाँस्थित रुसी दूतावास, संयुक्त राष्ट्रसङ्घको कार्यालय, विभिन्न राजनीतिक दलका कार्यलयमा ध्यानाकर्षण गराइसकेको छ ।













गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
गोरखा-२ मा एमालेबाट चक्रे मिलनसहित पाँच जनाको नाम सिफारिस
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया