बिहीबार, फागुन ७, २०८२

शालीन मृत्यु प्रकरण : पोस्टमार्टममा बलात्कार भएको देखिएन

मेरोन्यूज २०८० फागुन २० गते १३:५७

काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको देखिएको छ । प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।

Advertisement
nepal life insurencenepal life insurence

गत १० फागुनमा शालिन विद्यालयको छात्रावासको कोठामा सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन् । उनकाे शवकाे पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको थियाे।

मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।

उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान थालिएकाे छ ।

प्रतिक्रिया