शालीन मृत्यु प्रकरण : पोस्टमार्टममा बलात्कार भएको देखिएन
मेरोन्यूज
२०८० फागुन २० गते १३:५७

काठमाडौं । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको देखिएको छ । प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पाइएको हो।
गत १० फागुनमा शालिन विद्यालयको छात्रावासको कोठामा सिलिङको पंखामा डोरीमा झुन्डिएको अवस्थामा मृत अवस्थामा भेटिएकी थिइन् । उनकाे शवकाे पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको थियाे।
मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।
उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान थालिएकाे छ ।
सम्बन्धित












आजका कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया