बुधबार, वैशाख १६, २०८३

बारा बस दुर्घटना : १ को मृत्यु, ४ को अवस्था गम्भीर

मेरोन्यूज २०८० फागुन २३ गते ७:०१

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा– पथलैया सडकखण्डमा मंगलबार बस दुर्घटना हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ। 

Advertisement
NiccNicc

दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

मंगलबार दिउँसो बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को ३ नम्बर पुल भन्ने स्थानमा बस दुर्घटना भएको हो। 

धनगढीबाट विराटनगरतर्फ गइरहेको बस पुल नजिक खोलामा खसेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। दुर्घटनामा ज्यान गुमाएको सनाखत हुन बाँकी छ।  

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया