पर्सामा गाडिएको अवस्थामा बालकको शव फेला, बुवाआमा पक्राउ

वीरगञ्ज (पर्सा) । छोराको हत्या गरेको आशङ्कामा पर्सा प्रहरीले आमाबुवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले सिर्सिया नदी छेउस्थित स्मसानघाटमा गाडिएको अवस्थामा १२ वर्षीय बालकको शव निकालेर बुवाआमालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी शम्भु महतो धानुकका छोरा दिलीप मण्डलको शव निकालिएले र घटनाको अनुसन्धानका लागि उनलाई र श्रीमती सबतादेवीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले राससलाई जानकारी दिनुभयो । शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
बालकको मृत्युबारे कसैलाई जानकारी नगराई अन्त्येष्टिस्थलमा छोरा गाडेको सूचना पाएपछि खटिएको प्रहरीले खाल्डोबाट शव निकालेको प्रहरी नायब उपरीक्षक थाापाले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया