मंगलबार, माघ १३, २०८२

झापाको प्लाइउड उद्योगमा आगलागी

मेरोन्यूज २०८० फागुन २८ गते १०:२१

विराटनगर । झापाको मेचीनगर नगरपालिकामा रहेको प्लाइउड उद्योग भगवती लेमिनेट्स प्रा.लिमा आगलागी भएको छ ।

मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन सकिएकाे छैन् । भगवती नेपालकै ठूलो दाबी गरिएको प्लाइउड उद्योग हो ।

प्रतिक्रिया