रौतहट देखि अयोध्यासम्म पैदल यात्रा

रौतहट । रौतहटबाट ६ जना युवकहरूको टोली भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका छन्।
जिल्लाको दक्षिणी भेग भारतीय सिमाना संग जोडिएको राजापुर नगरपालिका घरभएका ६ जना युवक भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका हुन्।
अयोध्या धाममा हालै उदघाटन भएको भगवान राम लगायत मन्दिरहरुमा दर्शन गर्ने उद्देश्य लिएर सनिवार उनीहरूको टोली घरबाट पैदलयात्रा सुरु गरेका हुन्।
धार्मिक यात्रामा निस्केका युवाहरुको टोलीमा राजापुर नगरपालिका ५ का बर्ष २५ का सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रुपेश साह, हरी नारायण साह र लालबाबु साह रहेका छन।
राजपुर देखी पैदल हिंडेर ७ दिनमा अयोध्या धाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन।
धार्मिक यात्राको लागी तयार भएर घरबाट निस्कँदा राजापुर ५ का वडा अध्यक्ष कृष्णन्दन साह लगायतकाले खाँदा ओढाएर सम्मान सहीत बिदाई गरेका थिए।
राजपुर बाट उनीहरू बंकुल बजार, बाराको काचोर्वा नाका हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।
रौतहटको कटहरिया नगरपालिकाका वैद्यनाथ जैसवाल केही महिना अगाडि साईकल चढेर भारतको जमु स्थित माता बैषनाे देवीको दर्शन गरेर फर्केका थिए।
















आजदेखि डुम्रे–बेँसीसहर सडक तीन दिन बन्द
फिलिपिन्समा डुङ्गा डुब्दा १५ जनाको मृत्यु, २८ बेपत्ता
सुदूरपश्चिममा १२ पूर्वमन्त्री चुनावी मैदानमा
Bus hit kills toddler
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
कांग्रेस बदल्यौँ, अब देश बदल्छौँ : सभापति थापा
राष्ट्रिय लिग फुटबलः सातदोबाटोको पहिलो जित
प्रतिक्रिया