रौतहट देखि अयोध्यासम्म पैदल यात्रा

रौतहट । रौतहटबाट ६ जना युवकहरूको टोली भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका छन्।
जिल्लाको दक्षिणी भेग भारतीय सिमाना संग जोडिएको राजापुर नगरपालिका घरभएका ६ जना युवक भारतको अयोध्या धामको लागी पैदल यात्रामा निस्किएका हुन्।
अयोध्या धाममा हालै उदघाटन भएको भगवान राम लगायत मन्दिरहरुमा दर्शन गर्ने उद्देश्य लिएर सनिवार उनीहरूको टोली घरबाट पैदलयात्रा सुरु गरेका हुन्।
धार्मिक यात्रामा निस्केका युवाहरुको टोलीमा राजापुर नगरपालिका ५ का बर्ष २५ का सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रुपेश साह, हरी नारायण साह र लालबाबु साह रहेका छन।
राजपुर देखी पैदल हिंडेर ७ दिनमा अयोध्या धाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन।
धार्मिक यात्राको लागी तयार भएर घरबाट निस्कँदा राजापुर ५ का वडा अध्यक्ष कृष्णन्दन साह लगायतकाले खाँदा ओढाएर सम्मान सहीत बिदाई गरेका थिए।
राजपुर बाट उनीहरू बंकुल बजार, बाराको काचोर्वा नाका हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।
रौतहटको कटहरिया नगरपालिकाका वैद्यनाथ जैसवाल केही महिना अगाडि साईकल चढेर भारतको जमु स्थित माता बैषनाे देवीको दर्शन गरेर फर्केका थिए।
















अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
साताको पहिलो कारोबार दिन ३४ अंकले घट्यो सेयर बजार
पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया