झापामा ब्राउनसुगरसहित ३ जना पक्राउ
मेरोन्यूज
२०८० चैत ४ गते १९:५६

झापा। मेचिनगर नगरपालिका-१३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम २० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बुद्धशान्ति गाउँपालिका-३ बस्ने २९ वर्षीय भिम बहादुर मगर र सोही गाउँपालिका-२ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन् । इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
उता कैलालीकाे धनगढी उपमहानगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-४ बस्ने २२ वर्षीय बिषाल ऐडीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सम्बन्धित















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया