नर्सकाे हत्यापछि प्रेमी होटेलमा झुण्डिएको अवस्थामा मृत फेला

विराटनगर ।विराटनगरको नोवेल टिचिङ अस्पतालकी एक स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका प्रेमी मृत फेला परेका छन् । दास झुन्डिएको अवस्थामा आइतबार राति विराटनगरको एक होटलमा फेला परेका छन् ।
अस्पतालको अर्थाे विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । उनको हत्या प्रेमी २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजीमा लागेको थियो । तर, उनी आफैँ मृत भेटिएको एसपी कार्कीले बताए । उनले प्रयोग गर्ने मोबाइलको लोकेसन नोबेल आस्पताल आसपास नै देखिएको र ट्रयाक गर्दै खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी जनाएको छ ।
प्रहरी होटेल फाइनमा पुग्दा ढोका बन्द भेटिएको र फोरेर हेर्दा दास झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । यो होटेल नर्सको हत्या भएको कोठाभन्दा करिब तीन सय मिटर पूर्वदक्षिणमा पर्छ ।
प्रहरी अनुसन्धानबाट उनीहरूबीच चार वर्षदेखि प्रेम सम्बन्ध थियो । दास वैदेशिक रोजगारीमा मलेसिया गइ आएका थिए । तर, पछि चन्द्रिकाकुमारीको अर्कै पुरुषसँग प्रेम सम्बन्ध बसेको र त्यसकै आवेगमा हत्या भएको अनुसन्धानले देखाएको मोरङ प्रहरीले जनाएको छ । शिवशंकर फागुन २७ गते मेलेसियाबाट आएर २९ गते विराटनगर आएका थिए ।













विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै
शीतलहरले वीरगन्जमा फेरि तीन दिन विद्यालको पठनपाठन बन्द
झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया