सवारी दुर्घटनामा गाविस पूर्वअध्यक्ष अर्यालको निधन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को साविक नयाँ बेलाहानी गाविसका पूर्वअध्यक्ष भूपलाल अर्यालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा आज अटो दुर्घटनामा घाइते भएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी वेदबहादुर पौडेलले बताए।
मध्यविन्दु –११ को दमारबाट अरुणखोलातर्फ आउने क्रममा अर्याल सवार ग प्र ०४–००१ ह ००४ नं अटो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते उनलाई मध्यविन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको थियो ।
दुर्घटनामा घाइते मध्यविन्दु नपा–१० की ७६ वर्षीय टीका देवी काफ्लेको र ७० वर्षीय तोयानाथ पोख्रेलको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विसं २०५४ मा नेकपा (एमाले) को तर्फबाट नयाँ बेलाहानी गाविसको अध्यक्ष पदमा निर्वाचित अर्याल यस क्षेत्रमा नैतिकवान् व्यक्तिका रूपमा परिचित छन् । उनको कार्यकालमा देशभरको उत्कृष्ट गाविसका रूपमा नयाँ बेलाहानी गाविस सम्मानितसमेत भएको थियो । निर्णय प्रक्रिया, परादर्शीता, जनसहभागितालगायतका पक्षको मूल्याङ्कनमा नयाँ बेलाहानी गाविस उत्कृष्ट बनेको थियो ।
लामो समयदेखि सामाजिक तथा रानीतिक कार्यमा क्रियाशील अर्याल हाल मानवअधिकार समूह मध्यविन्दुका अध्यक्ष थिए । उनी एमालेको जिल्ला कमिटी सदस्य एवं मध्यविन्दु नगर सहइञ्चार्जको जिम्मेवारीमा रहेका थिए ।













पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
विद्यार्थीहरूलाई देशप्रेमको भावना जगाउँने शिक्षा दिनु आवश्यकः अध्यक्ष विजुक्छेँ
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
पुतिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
रवि–बालेनबिच ७ बुँदे सम्झौता : दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहने, प्रधानमन्त्रीको उम्मेदवार बालेन बन्ने
रवि भन्छन् – सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ
प्रतिक्रिया