सवारी दुर्घटनामा गाविस पूर्वअध्यक्ष अर्यालको निधन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को साविक नयाँ बेलाहानी गाविसका पूर्वअध्यक्ष भूपलाल अर्यालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा आज अटो दुर्घटनामा घाइते भएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी वेदबहादुर पौडेलले बताए।
मध्यविन्दु –११ को दमारबाट अरुणखोलातर्फ आउने क्रममा अर्याल सवार ग प्र ०४–००१ ह ००४ नं अटो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते उनलाई मध्यविन्दु जिल्ला अस्पतालबाट थप उपचारका लागि चितवन लगिएको थियो ।
दुर्घटनामा घाइते मध्यविन्दु नपा–१० की ७६ वर्षीय टीका देवी काफ्लेको र ७० वर्षीय तोयानाथ पोख्रेलको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उनीहरूको अवस्थामा मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विसं २०५४ मा नेकपा (एमाले) को तर्फबाट नयाँ बेलाहानी गाविसको अध्यक्ष पदमा निर्वाचित अर्याल यस क्षेत्रमा नैतिकवान् व्यक्तिका रूपमा परिचित छन् । उनको कार्यकालमा देशभरको उत्कृष्ट गाविसका रूपमा नयाँ बेलाहानी गाविस सम्मानितसमेत भएको थियो । निर्णय प्रक्रिया, परादर्शीता, जनसहभागितालगायतका पक्षको मूल्याङ्कनमा नयाँ बेलाहानी गाविस उत्कृष्ट बनेको थियो ।
लामो समयदेखि सामाजिक तथा रानीतिक कार्यमा क्रियाशील अर्याल हाल मानवअधिकार समूह मध्यविन्दुका अध्यक्ष थिए । उनी एमालेको जिल्ला कमिटी सदस्य एवं मध्यविन्दु नगर सहइञ्चार्जको जिम्मेवारीमा रहेका थिए ।
















नर्सिङ र एचए पढाउने गण्डकी प्रदेश सरकारको तयारी
२६ अंकले घट्यो नेप्से, काराेबार रकम साढे ६ अर्ब
रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
प्रतिक्रिया