प्रधानमन्त्रीले बोलाए दलको वैठक
मेरोन्यूज
२०७७ चैत १२ गते १४:१५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी संसदीय दलको वैठक आ्रहवान गरेका छन् । भोलि शुक्रवार प्रधानमन्त्रीले दलको वैठक बोलाएको नेकपा एमाले दलका प्रमुख सचेतक विशाल भटटराईले जानकारी दिए ।
‘प्रधानमन्त्रीले वालुवाटारमा दिउँसो ३ बजे वैठक बोलाउनु भएको छ,’ भटटराईले भने ।
एमाले ब्यूतिएपछि ओलीले वोलाएको दलको वैठकमा माधव नेपाल र झलनाथ खनाल पक्ष भने सहभागी भएको छैन ।
भोलि माधव नेपाल पक्षले कलंकीमा आफु पक्षिय केन्द्रीय सदस्यहरुको वैठक बोलाएका छन् ।
यस अगाडी पनि ओलीले चैत ५ मा दलको वैठक बोलाएका थिए, जुन दिन माधव नेपाल पक्षले राष्टिय कार्यकर्ता भेला आयोजना गरिरहेको थियो । चैत ७ मा केन्द्रीय समितिको वैठक अगाडी पनि संसदीय दलको वैठक वसेको थियो । तर दुवै वैठकमा माधव नेपाल पक्ष सहभागी भएको थिएन । नेपाल पक्षसग अहिले ३८ सांसद छन् ।
सम्बन्धित

















रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
निर्वाचन निष्पक्षताका लागि जिल्ला प्रशासन चितवनको पाँच ‘पी’ सूत्र
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
सिंहदरबार पुनर्निर्माण गर्न सकिन्छ तर रित्तिएको आमाको कोख कहिल्यै भरिँदैन : रवि लामिछाने
प्रतिक्रिया