पाकिस्तानी टी-२० टिमको घोषणा

काठमाडौँ । पाकिस्तानले सन्यास तोडेका बायाँ हाते फास्ट बलर मोहम्मद आमिर र इमाद वासिमलाई टी-२० टिममा सामेल गरेको छ ।
पाकिस्तानले घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध १८ अप्रिल देखि २७ अप्रिल सम्म खेल्ने ५ खेलको टी- २० सिरिजका लागि आमिर र वासिमलाई सामेल गर्दै टिमको घोषणा गरेको छ ।
पाकिस्तानको टिममा बाबर आजम (कप्तान), अब्रार अहमद, आजम खान, फखर जमान, इफ्तिखार अहमद, इमाद वासिम, मोहमद अब्बास अफ्रिदी, मोहमद रिजवान, मोहमद आमिर, मोहमद इरफान खान, नसीम शाह, सैम आयुब, शदाब खान, शाहीन शाह अफ्रिदी, उसमा मिर, उसमान खान र जमान खान रहेका छन् ।
पाकिस्तानको टिममा फर्किएका आमिरले केहि दिन अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गर्दै टी-२० टिममा छनोटका लागि आफु उपलब्ध हुने बताएका थिए ।
यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् ।
त्यस्तै यस अघि इमाद वासिमले पनि केहिदिन अघि आफ्नो सन्यास तोडेर टी-२० टिममा उपलब्ध हुने बताएका थिए । उनले इस्लामाबाद युनाइटेडलाई यस सिजनको पीएसएल च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
















चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
उद्योग वाणिज्य महासङ्घ, लुम्बिनीको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु¥याइँदै
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
सर्वसाधारणलाई मन्त्रालयमै बोलाएर गुनासो सुन्दै गृहमन्त्री
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया