काठमाडौँमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु

काठमाडौँ । काठमाडौँमा आज भएको स्कुटर दुर्घटनमा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर मुनिभरैव बस पकेट नजिक सडकमा तीनकुनेबाट कोटेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२ ०२६ प ६००२ नम्बरको स्कुटर दुर्घटनामा परेको हो ।
दुर्घटनामा स्कुटर चालक काठमाडौँ पेप्सीकोला बस्ने ५२ वर्षीय रामशरण केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट १ करोड ७० लाखको क्षति
यसैबीच काठमाडौँ महानगरपालिका १४ कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा करेन्ट सर्ट भई आगलागी हुँदा एक करोड ७० लाखको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हिजो साँझ त्यहाँको जेनेरेटर २ थान, ट्रान्सफर्मर १ थान, प्यानल बोड १ थान, बिसिटी १ थान, फ्रिज कम्प्रेशर १ थानलगायत जलेर करिब १ करोड ७० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले आज जानकारी दिएको छ ।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया