भीरबाट लडेर ताप्लेजुङमा एक जनाको मृत्यु
मेरोन्यूज
२०८१ वैशाख १८ गते २०:१०

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा भीरबाट लडेर आज एक जनाको मृत्यु भएको छ। सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेका हस्तबहादुर थेबे लिम्बूको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
घाँस काट्नलाई जङ्गल गएका लिम्बूको लेक्सेन भीरबाट लडेर मृत्यु भएको हो। निकै अप्ठ्यारो उक्त भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।
घटनाको खबरपछि इलाका प्रहरी कार्यालय तेल्लाकका प्रमुख प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। यता घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















स्वास्थ्य बिमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
संयोजक प्रचण्ड सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
नेकपाले टुंग्यायो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्रतिक्रिया